Sunday, July 26

८० वर्षका खड्गे बने भारतीय कंग्रेसका नयाँ अध्यक्ष

नेपालअखबार, एजेन्सि। छिमेकी मुलुक भारतमा भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा ८० वर्षीय मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन्।

Advertisement

बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार खड्गे ७८९७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी ६६ शशि थरूरले १०७२ मत मत ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ४१६ मत बदर भएका थिए।

Advertisement
Advertisement

थरूरले हार स्वीकार्दै खड्गेलाई बधाई तथा शुभकामना दिएका छन्।

Advertisement

खड्गेको जितसँगै भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ। गान्धी परिवार बाहिरका भए पनि गान्धी परिवारसँग उनको निकट सम्बन्ध छ। यो चुनावमा गान्धी परिवारले उनैलाई सघाएको भारतीय राजनीतिक वृत्तमा चर्चा छ।

८० वर्षीय खड्गेले अबको १८ महिनापछि हुने लोक सभा चुनावमा कंग्रेसलाई नेतृत्व गर्नेछन्।

उनले पार्टीको पुनर्संरचना गर्ने मुद्दा अघि सारेका छन्।  पार्टीका संरचनामा ५०  मानिस ५० वर्षमुनिका राख्ने उनको योजना छ।

कर्नाटकाका खड्गे दलित समुदायका हुन्। उनको राजनीतिक जीवन निकै लामो छ। अहिले उनी भारतको माथिल्लो सदन राज्य सभाका सदस्य छन्।

कंग्रेसले २२ वर्षपछि चुनाव गरेर नेतृत्व चयन गरेको हो।

सन् २००० मा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई हराएर कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्।

गान्धी परिवारको विशेष पकड रहेको कंग्रेसमा उनी लगातार २०१७ सम्म अध्यक्ष भइन्। त्यसपछि उनका छोरा राहुल गान्धी बिना चुनाव अध्यक्ष चुनिए।

सन् २०१४ को आम चुनावमा पराजय व्यहोरेको कंग्रेसले सन् २०१९ को आम चुनाव पनि हारेपछि राहुलले राजीनामा दिएका थिए।

राहुलले राजीनामा दिएपछि सोनिया फेरि कंग्रेसकी अध्यक्ष बनेकी थिइन्।