Tuesday, August 4

जिल्ला प्रशासन कार्यालय गुल्मीले दिन्छ राति ७-८ बजेसम्मै सेवा

कात्तिक, गुल्मी । सामान्यतया कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म हो । त्यही समय भित्र सेवाग्राहीले सेवा पाउने गर्दछन ।

Advertisement

तर जिल्ला प्रशासन कार्यायल गुल्मीले भने कार्यालय समय सकिए पछि समेत सेवा दिने गरेको छ । सेवाग्राहीको चापका कारण रातिसम्मै सेवा दिइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।जिल्ला प्रशासन कार्यालय गुल्मीमा केहि दिन यता राति ७–८ बजेसम्म सेवाग्राहीको लाइन हुने गरेको छ । बुटवलबाट राहदानी बनाउन आएकी मुसिकोट नगरपालिका निवासी सिता घिमिरेले अबेरसम्म बसेर सेवा प्रदान गरेकोमा प्रशासनलाई धन्यवाद दिइन ।अन्य समयमा दैनिक ३० देखि ५० नयाँ नागरिकता जारी हुने भए पनि अहिले दशै तिहारको बिचमा दैनिक १ सय देखि १ सय ७० सम्म नयाँ नागरिकता जारी हुने गरेको छ । कार्यालयमा कर्मचारीको अभाव भएको कारणले पनि समस्या परेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

Advertisement
Advertisement

Advertisement