Saturday, July 18

भिरबाट लडेर वृद्धको मृत्यु

नेपालअखबार, अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

Advertisement

भूमिकास्थान नगरपालिका–१ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।

Advertisement
Advertisement

उक्त नगरपालिकाको धारापानीस्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टेसालको भिरबाट लडेर उनको मृत्यु भएको हो।

Advertisement

गमाल बाटोबाट झण्डै ८० मिटर तल खसेको घटनास्थलबाट प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।

घटनास्थलमा गएका प्रहरीको प्रारम्भिक अनुसान्धानअनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा उनी र उनका दाजु भत्ता बुझेपछि हिँड्दै घर फर्किएका थिए। गएराति गमाल भिरबाट लडेको अवस्थामा स्थानीयवासीले देखेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।रासस