
नेपालअखबार, पाेखरा । सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि सुरु भएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेता आज पोखराबाट प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियानसुरु गर्न लागेका हुन् । त्यसका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा , एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिहीबार नै पोखरा पुगिसकेका छन् । प्रशिक्षणलाई सम्बोधन गर्न माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पोखरा जाँदै छन् ।
शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । सत्ता गठबन्धनले आजै लुम्बिनी प्रदेशको बुटवलमा पनि प्रशिक्षण कार्यक्रम राखेको छ ।

