Friday, April 24

नवौं राष्ट्रिय खेलकुदको प्रचार अन्तर्राष्ट्रियस्तरमा: मन्त्रीगहतराज

नेपालअखबार, पाेखरा  । नेपाल सरकारका युवातथा खेलकुदमन्त्री महेश्वरजंगगहतराजले नवौं राष्ट्रिय खेलकुद–२०७९ को प्रचारप्रसारमा संचारकर्मीले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार संचारकर्मीसँग आयोजना गरेको कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्रीगहतराजले राष्ट्रिय खेलकुदलाई साँच्चिकै राष्ट्रिय खेल बनाउन र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारमा संचारकर्मीले महत्वपूर्ण भूमिका खेलेको बताएकाहुन् ।
राष्ट्रिय खेलकुदकालागिजतिपूर्वाधार बन्नुपर्ने हो त्यो बन्ननसकेको स्वीकार्र्दै उनले आगामीदिनमा बन्छ भन्ने बुझिदिनसमेत आग्रहगरे । उनले भने, ‘कोभिड–१९ ले पारेको प्रभाव, राखेपसम्बन्धीअदालतीप्रक्रियाले पारेको असर, राष्ट्रिय खेलकुदको चलायमान र गतिशीलतालाई सुनिश्चित गर्नुपर्छ भन्ने सोच राख्दै अलि छिटो गर्न खोज्दाजतिपूर्वाधार बन्नुपर्ने हो त्यो बन्न सकेन ।आगामीदिनमाबन्ने नै छ ।’उनले राखेपकाएजेण्डा र वार्षिक कार्यक्रममाभएकापूर्वाधार आगामीदिनमा बजेट,श्रोत सुनिश्चित गराएर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राखेप सदस्यसचिवटंकलाल घिसिङले गण्डकीका खेलकुदपत्रकारले व्यवस्थित र जिम्मेवार हिसाबलेकार्यसम्पादन गरेकोप्रतिधन्यवादव्यक्त गरे । उनले पोखरामा यस अगाडिका प्रतियोगितामाभन्दा मिडिया सेन्टर व्यवस्थितकार्यसम्पादन, क्रियाशीलता र खटनका हिसाबले उत्कृष्ट पाएको बताए । उनले गण्डकीका पत्रकारको कार्यसम्पादन, क्रियाशीलता र खटनको उच्चमूल्यांकन नेपाली खेलकुदले गर्ने बताए ।
नेपाल खेलकुलपत्रकार मञ्च गण्डकीअध्यक्षदीननाथ बरालले नवौं राष्ट्रिय खेलकुदप्रतियोगिताबाट बन्ननसकेका पूर्वाधार निर्माणमा विशेष ध्यानदिनआग्रह गरे ।उनले पोखरामै स्वीमिङ पुल र सुटिङका पूर्वाधार आवश्यक रहेकोमा जोड दिंदै खेलकुदपत्रकार मञ्चले बर्सेनि आयोजना गर्ने स्पोर्टस् अवार्डमा राखेपको सहयोग निरन्तरतामा जोड दिए ।

Advertisement

गण्डकीमा २८ असोजदेखि ३ कात्तिकसम्मभएको नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा ३९६ स्वर्णका लागिप्रतिस्पर्धा भएको थियो । जसमाआर्मी च्याम्पियनबन्यो । प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामाआयोजितभव्य समारोहबीच उद्घाटन गरेका थिएभने समापनमाप्रधानमन्त्री शेरबहादुर देउवाआएकाथिए ।