Sunday, July 26

४५ वर्षकी मेलोनी बनिन् इटालीकी पहिलो महिला प्रधानमन्त्री

नेपालअखबार, एजेन्सि। दक्षिण युरोपेली मुलुक इटालीमा पहिलो पटक एक जना महिला प्रधानमन्त्री बनेकी छन्।

Advertisement

सिएनएनका अनुसार ४५ वर्षीया जर्जा मेलोनीले शनिबार प्रधानमन्त्रीको सपथ लिएकी हुन्।  केही समयअघि भएको आमनिर्वाचनमा मेलोनीको दल संलग्न उग्र दक्षिणपन्थीहरूको गठबन्धनले बहुमत ल्याएको थियो।।

Advertisement
Advertisement

मेलोनी प्रधानमन्त्री भएसँगै दोस्रो विश्वयुद्धपछि पहिलो पटक इटालीमा उग्र दक्षिणपन्थीहरूको सरकार बनेको छ।

Advertisement

मेलोनी १५ वर्षको उमेरमा राजनीतिमा लागेकी थिइन्। रोममा जन्मिएकी मेलोनीलाई एक्ली आमाले हुर्काएकी हुन्।

२१ वर्षको उमेरमा पहिलो पटक स्थानीय चुनाव जितेकी मेलोनी ३१ वर्षमै इटालीकी मन्त्री भएकी थिइन्।

सन् २००८ मा उनी सिल्भिओ बुर्लोस्कोनीको सरकारमा युवा मन्त्री बनेकी थिइन्।

प्रधानमन्त्री मेलोनीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै युरोपेली युनियनका नेताहरूले शुभकामना दिएका छन्।