Wednesday, July 29

आले र बलायरले निर्वाचनमा एक अर्कालाई सहयोग गर्ने सहमती

बिमल विष्ट, डोटी । निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा पूर्वमन्त्री वीरबहादुर बलायरले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एक अर्कालाई सहयोग गर्ने भएका छन् ।

Advertisement

पछिल्लो समय लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट आले डोटी तथा बलायर कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधी सभा सदस्यका उमेदारका लागि निर्वाचन सहभागि भएका छन् । आलेले बलायरलाई कैलालीमा सहयोग गर्ने तथा बलायरले डोटीमा आलेलाई सहयोग गर्ने आज सहमती भएको बाम गठबन्धनका नेताहरुले बताएका छन् ।

Advertisement
Advertisement

डोटीमा लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट आलेले प्रतिनिधी सभा सदस्यका लागि टिक पाएपछि बलायरलाई डोटीबाट कैलाली क्षेत्र नं ४ बाट टिकट दिइएको थियो । लोकतान्त्रिक बाम गठबन्धनमा पछिल्लो समय डोटीमा चार पार्टीहरु एक भएर नेकपा एमालेसँग निर्वाचनमा प्रतिसपर्धामा उत्रिएका छन् ।

Advertisement

डोटीमा नेपाली काग्रेसका कार्यकर्ताहरुलाई बलायरले लोकतान्त्रिक बाम गठबन्धन पक्षमा मतदान गर्न निर्देशन दिएका छन् भने कैलालीमा भएका नेकपा समाजवादीका नेता कार्यकर्तालाई लोकतान्त्रिक बाम गठबन्धन पक्षमा मतदान गर्न आलेले निर्देशन दिएको स्रोतले जनाएको छ । आलेका पक्षमा मत माग्न बलायर डोटी जाने तथा बलायरका पक्षमा मत माग्न आले कैलाली निर्वाचन क्षेत्र नं ४ मा जाने समेत सहमती भएको लोकतान्त्रिक बाम गठबन्धनका नेताहरुको दाबी छ ।