Saturday, April 25

पत्रकार श्रेष्ठ ड्यामसाइड वर्ष पुरस्कार– २०७९ द्वारासम्मानित

नेपालअखबार, पाेखरा । ड्याम साइड क्लवको आयोजनामातिहार विशेष साँस्कृतिक साँझ–२०७९ सम्पन्नभएको छ । पोखरा – १७ स्थित क्लवले आइतबार ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रर्वद्धनमा टेवापु¥याऔं’ भन्ने नाराका साथनेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर कार्यक्रमआयोजना गरेको हो ।
साँझ ९ बजेसम्म सञ्चालनभएको कार्यक्रममागायककर्णदास, हाँस्यकलाकार सुमन कार्की, पोखरेलीउदयमानकलाकार सौगात गुरुङ, ब्लु डायमण्ड सोसाइटी तथालोक नृत्य कलाकार संघका कलाकारहरुको बेजोड प्रस्तुतीमादर्शकहरु झुमेका थिए ।
२०५९ सालमा स्थापनाभएको क्लवले विद्यालयमाअध्ययनरत आर्थिक स्थिति कमजोर भएकाबालबालिकाहरुलाई निःशुल्क फुटबलसम्बन्धी प्रशिक्षण दिनुका साथै फुटबललाई केन्द्रमा राखेर विभिन्नकार्यक्रमहरु गर्दैआइरहेको क्लवकाअध्यक्षअध्यक्षप्रताप गुरुङले बताए ।

पत्रकार श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार– २०७९ द्वारा सम्मानित
पत्रकारदीपेन्द्र श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार– २०७९ द्वारासम्मानितभएका छन् ।
ड्यामसाइड क्लवपोखरा– १७ ले नेपालपत्रकार महासंघ कास्कीकापुर्व अध्यक्षतथा एभरेस्ट आवाज डटकमका सम्पादकएवं एभरेस्ट एफएमकाकार्यकारी निर्देशक समेत रहेका श्रेष्ठलार्ई पत्रकारिताको माध्यमबाट सामाजिकउत्तरदायित्ववहनगर्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी विभिन्न कालखण्डमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।
आइतबार साँझक्लवले तिहारको अवसरमाआयोजना गरेको तिहार विशेष साँस्कृतिक साँझकाअवसरमापत्रकार श्रेष्ठलाई कार्यक्रमकाप्रमुखअतिथीपोखरा–१७ का वडाध्यक्ष राधिकाकुमारी शाही योगी, क्लवकाअध्यक्षप्रताप गुरुङ, कार्यक्रम संयोजकएवं पूर्व अध्यक्ष केशवराज बराल र क्लवकामहासचिव राकेश श्रेष्ठले नगद रु १५हजार ५५५ सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन् । यसअघि सो सम्मानबाट पर्यटनविज्ञ हरिध्वजतुलाचन सम्मानितभइसकेका छन् ।

Advertisement