Saturday, July 18

खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त

नेपालअखबार,  पोखरा  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को व्यस्थित तरिकाले रिर्पाेटिङ गर्र्ने कार्यमा सघाउने सबैप्रति आभार व्यक्त गरेको छ । मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा सोमबार पोखरा रंगशालामा बसेको सत्रौं कार्यसमितिको बैठकले मञ्च गण्डकीको नेतृत्वमा व्यस्थित तरिकाले प्रतियोगिता अन्तरगतका खेलको रिर्पाेटिङ गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्ने निर्णय गरेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

Advertisement

आयोजक राष्ट्रिय खेलकुद परिषद, प्रतियोगिता अन्तरगतको प्रचारप्रसार उपसमिति, प्रदेश खेलकुद परिषद गण्डकी, मिडिया सेन्टरमा खटिएका सम्पूर्ण सञ्चारकर्मी, सम्पुर्ण सञ्चारमाध्यम तथा सञ्चारकर्मी लगायतको साथका कारण त्यो सम्भव भएको मञ्चले जनाएको छ । मञ्चले पोखरा रंशालामा रहेको मिडिया सेन्टर मार्फत प्रतियोगिता अन्तरगतका खेल तथा गतिविधि बारेका समाचार सामाग्री एकद्धार प्रणाली मार्फत सञ्चारमाध्यम तथा सञ्चारकर्मीकोलागि उपलब्ध गराएको थियो ।

Advertisement
Advertisement

गण्डकी प्रदेशमा आयोजना भएको प्रतियोगिातामा ३६ खेलमा प्रतिष्पर्धा भएको थियो ।सुटिङ र पुरुष क्रिकेट खेल काठमाण्डौँमा भएको थियो बाँकी अन्य सबै खेल गण्डकी प्रदेशका ८ जिल्लामा आयोजना भएको होे ।

Advertisement

बैठकले प्रतियोगिताकै दौडानमा दुर्घटनामा परेर खेलाडी निसिम थापाको निधन भएकोमा दुःख व्यक्त समेत गरेको महासचिव पौडेलले जनाए ।