Sunday, July 26

अल्बाट्रोसले कात्तिक १२ गते पोखराको प्याराडिसोमा प्रस्तुती

नेपालअखबार, पोखरा ।  युवाहरुमाझ चर्चित रक व्याण्ड अल्बाट्रोसले पोखरामा आफ्नो प्रस्तुती दिने भएको छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा कात्तिक १२ गते साँझ लाइभ कन्सर्ट हुदैछ ।

Advertisement

मध्यरातसम्म चल्ने कार्यक्रमको टिकट अग्रिम बुकिङका १ हजार, डोरसेलमा १५ सय रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन सकिने बताए । उनले अग्रम टेबल बुकिङ समेत गर्न सकिने बताए ।

Advertisement
Advertisement

‘अल्बाट्रोस निकै चर्चित व्याण्ड हो,’ उनले भने ‘धेरैको चाहाना उनीहरुको प्रस्तुती हेर्ने हुन सक्छ, त्यसै बेलैमा टिकट नलिनेले नपाउन पनि सक्छ ।’ प्रस्तुती हेर्न करिब एक हजार जना भन्दा बढि आउने उनले बताए ।

Advertisement

अहिले प्याराडिसोको क्षमता बढाएर अझ आक्रषक बनाएको बताए । अल्बाट्रोसको रक म्यूजिकमा झुम्मिने दर्शक रोजाइमा पर्ने गर्दछ । प्याराडिसोमा जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजनमा महत्वपूर्ण खेलकुद प्रतिस्पर्धाका प्रत्यक्ष प्रसारण हेर्न पाइन्छ । ‘फुड, ड्रिङ तथा म्युजिक’ लाई प्रथामिकता दिए सेवा प्रदान गर्दै आएको पौडेलले बताए । बारमा हरेक दिन फरक÷फरक ब्यान्डले लाइभ प्रस्तुति दिँदै आएका छन् ।