Saturday, July 25

कालिकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, तीन गम्भीर घाइते

नेपालअखबार, सुर्खेत। कालिकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ।

Advertisement

शनिबार बिहान करिब ८ बजे कालिकोटको तिलागुफा नगरपालिका-१० रानावाडास्थित कोदोबारीमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वर रिमालले जानकारी दिए।

Advertisement
Advertisement

उनका अनुसार बम विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ।

Advertisement

तिलागुफा नगरपालिका-१० बस्ने ४ वर्षीया झरना थापा र सोही ठाउँकी ४ वर्षीया सरस्वती रानाको मृत्यु भएको रिमालले बताए।

उनका अनुसार झरनाको थापाको घटनास्थलमै मृत्यु भएको हो। यता सरस्वतीको भने सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा ११:४०मा मृत्यु भएको डिएसपी रिमालले बताए।

घटनामा तीन जना गम्भीर घाइते समेत छन्।

सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीया मुस्कान थापा र ३ वर्षीया दर्शना राना घाइते छन्।

कमलको दाहिने हात र दुबै खुट्टा भाँचिएको छ।  मुस्कानको दाहिने खुट्टामा गहिरो चोट छ भने दर्शनाको पेटमा प्वाल परेको, दुबै खुट्टामा चोट लागेको छ। उनको अवस्था पनि गम्भीर छ। उनीहरूलाई पनि हेलिकप्टरबाट उपचारको लागि सुर्खेतमा पठाइएको छ।

डिएसपी रिमालका अनुसार विस्फोट भएको बम नयाँ हो वा पूरानो भन्ने अनुसन्धान भइरहेको छ।