Sunday, July 26

नेपालगन्जको चुरा गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु

नेपालअखबार, बाके। बाँकेमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

Advertisement

नेपालगंज उपमहानगरपालिका-५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

Advertisement
Advertisement

आगलागीमा परी बर्दिया मधुवन नगरपालिका-८ बस्ने २३ वर्षीय समिर वलीको मृत्यु भएको हो।

Advertisement

आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन।