Wednesday, July 29

डोटीमा स्थानीयका खेतवारीदेखि घरदैलोमै पुग्दै उमेदवार

विमल विष्ट , डोटी। आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा भागलिएका यहाँका गठबन्धन दल तथा नेकपा एमाले सहितको राप्रपाका उमेदवार सहितका नेता अहिले गाउँ गाउँमा पुगेका छन् । यति बेला जिल्लामा किसानलाई आफ्नो खेतीपाती भित्रयाउन भ्याइ नभ्याइ भएपनि नेताहरु किसानका खेतवारीदेखि घरैमा पुगेर आफुलाई मत माग्न थालेको पाइएको छ । डोटीमा चार दल सहितको लोकतान्त्रिक बाम गठबन्धन कायम रहेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक्लै चुनावी प्रतिसपर्धामा उत्रिएको छ ।

Advertisement

प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा नेताहरु गाउँ गाउँमा पुगेर स्थानीयसँग मत माग्न थालेका छन् । प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु आफ्नो पक्षमा माहोल सपार्न तथा भोटमाग्नका लागि गाउँ छिरेका बेला यहाँका किसान भने आफ्नो खेतीपातीको काममा व्यस्त रहेका केआइसिंह गाउँपालिका–५ का रामसिंह रावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेताहरु भोटमाग्न गाउँ गाउँमा आउन थालेका छन्, भोटर जती खेतमा हुन्छन, नेताहरु खेतमै गएर भएपनि भोट माग्न थालेका छन् ।’ गठबन्धनका तर्फबाट काग्रेस, नेकपा माओवादी, नेकपा (एकीकृत समाजवादी) तथा राष्ट्रिय जनमोर्चाका नेताहरु संयुक्त रुपमा गाउँ अभियानमा छन् भने नेकपा एमाले, राप्रपा तथा स्वतन्त्रतर्फका उमेदवारहरु आफ्नो चुनावी अभियान लिएर गाउँ पसेका छन् ।

Advertisement
Advertisement

डोटीमा संघमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता प्रेमबहादुर आले, नेकपा एमालेबाट गौरी ओली, राप्रपाका अंकबहादुर खड्का, राष्टिय स्वतन्त्र पार्टीका केशब बलायर, स्वतन्त्रबाट नरेन्द्र खड्का तथा राजप्रशाद जोशी चुनावी मैदानमा हुनु हुन्छ । यसैगरी प्रदेश सभा (२) मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका शिवसिंह ओली, नेकपा एमालेका तर्फबाट टेकबहादुर बम, राप्रपाबाट मोहन बम चुनावी प्रतिसपर्धामा हुनु हुन्छ ।

Advertisement

उता प्रदेश (१) मा गठबन्धनका तर्फबाट काग्रेस डोटी पार्टी सभापति समेत रहनु भएका नरेन्द्रबहादुर सिंह, नेकपा एमालेका चक्र मल्ल, राप्रपाका तर्फबाट नेत्र नाथ, हाम्रो नेपाल पार्टीका शेलेन्द्र खड्का चुनावी प्रतिसपर्धामा हुनु हुन्छ । नेताहरुलाई चुनाव लागेपनि यहाँका स्थानीयमा चुनावी रौनकताले खासै नछोएको अर्का स्थानीय भरतबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई खेती लगाउन र भित्रयाउन चटारो छ, नेताहरुलाई चुनाव लागेको छ, किसानलाई खासै चुनावले अझै छुन सकेको छैन् ।’

यहाँका किसानहरु खेतबारीको काममा व्यस्त रहेका बेला केही उम्मेदवारहरु किसानकै खेतबारीमा उनीहरुसँगै धान चुटीरहेका र खेतमा किसानलाई सघाइरहेका तस्बीरहरु सामाजिक सञ्जालमा आइरहेका छन् । उम्मेदवारसहित आएका नेता कार्यकर्ताहरुले टोलमा गई टोल भेला गर्नुका साथै गाउँ तथा नगरमा आम भेलाको तयारी गर्न थालेका जोरायल गाउँपालिकाका स्थानीय मिनबहादुर रावलले बताउनुभयो । यतिमात्र नभई उमेदवारहरुले निर्वाचनलाई लक्षित गर्दै मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै चुनावी माहोल बनाउन गाउँ टोल छिर्न थालेका छन् ।