Tuesday, April 21

काठमाडौं क्षेत्र(४) का मतदाताहरूको समस्या र समाधान खोज्न टोल टोलमा गगन थापा

सुजन तिमल्सिना, काठमाडौं। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिए सँगै राजनितीक दलहरू जनताको घर दैलोमा पुग्न थालेका छन् । उनिहरू जनताको समस्या र समाधान खोज्दै निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई मतदान गर्न आग्रह गर्दै जनताको घरदैलोमा पुगेका हुन् ।
निर्वाचन नजिकिँदै गर्दा देशैभरका उम्मेदवारहरू प्रचारप्रसार तथा मतदाताहरू समक्ष आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन् । निर्वाचनले देशको नेतृत्वमा परिवर्तन ल्याउने पक्का छ । यसैबीच काठमाडौं क्षेत्र नम्बर (४ )का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पनि मतदाताहरू समक्ष समस्या तथा समाधान खोज्न मतदाताहरू समक्ष पुग्नु भएको छ ।
आज काठमाडौं क्षेत्र (४ )ले विभिन्न ठाउँमा आयोजना गरेको कार्यक्रममा पुगेर महामन्त्री थापाले काठमाडौं क्षेत्र(४ )का मतदाताहरूको समस्या तथा समाधान पहिल्याँउने प्रयास गर्नुभएको हो । उक्त कार्यक्रमहरूमा बोल्दै उम्मेदवार तथा महामन्त्री थापाले, ” तपाईंहरूले गर्नुभएको विश्वासको कारणले आज नेपाली कांग्रेसको महामन्त्री भएको छु र भोलि तपाईंहरूको विश्वासलले नै प्रधानमन्त्री भएर देशलाई अगाडि हाक्ने कुरामा विश्वस्त रहेको बताउनुभयो ।”
उहाँले,”म यहिँ परिवारको मान्छे हुँ। तपाईंहरूको साथ सहयोगले यहाँसम्म पुगेको छु । अहिले मेरो प्रतिस्पर्धीहरू सँग जुध्ने बेला आएको छ । म एक्लै लड्न सक्दिन र तपाईंहरूको साथ सहयोगले राष्ट्रको महत्त्वपूर्ण जिम्मेवारी लिएर काम गर्ने अवसर समेत मिल्न सक्छ । म त्यहाँ पुगेर काम गर्ने छु । बताउँदै आफुलाई विस्वास गरेर मतदान गरिदिन मतदातालाई आग्रह गर्नुभयो ।”
उहाँले कामपा वडा (८) का मतदाताहरू सँग सबैभन्दा धेरै आश गरेको र यहाँको मतदाताहरूले विश्वस्त भएर नेपाली कांग्रेस पार्टीलाई मतदान गर्ने कुरामा आफुले बिश्वास लिएको समेत बताउनुभयो ।
त्यसैगरी, काठमाडौं क्षेत्र (४ )नेपाली कांग्रेस प्रदेश सभाका उम्मेदवार श्री राम लामिछानेले, “स्थानीय तहको निर्वाचनमा पनि मतदाताहरूले नेपाली कांग्रेसको व्यानललाई नै विजय गराउनु भएकोले आगामी मंसिर ४ गतेको निर्वाचनमा पनि प्रदेश, प्रतिनिधि सभा तथा समानुपातिकका उम्मेदवारहरू सबैलाई मतदाताहरूले मतदान गर्ने कुरामा आफुहरू विश्वस्त रहेको बताउनुभयो ।”
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा, काठमाडौं क्षेत्र(४) नेपाली कांग्रेस प्रदेशसभा सदस्य उम्मेदवार श्री राम लामिछाने, काठमाडौं क्षेत्र नम्बर(४) नेपाली कांग्रेस समानुपातिक उम्मेदवार तथा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एङ्गिला शेर्पा तथा काठमाडौं क्षेत्र नम्बर(४ का सभापति श्याम कृष्ण संगत तथा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका सभापति आशामान संगत तथा वडा सदस्य सहित मतदाता, पार्टीका विभिन्न तह र तप्काका व्यक्तिहरूको उपस्थित रहेको थियो ।

 

Advertisement