Thursday, July 16

रिहा भए नेपाल कम्युनिष्ट पार्टीका नेता शरद वली

नेपालअखबार । नेपाल कम्युनिष्ट पार्टीका नेता शरद वलीलाई प्रहरीले रिहा गरेको छ।

Advertisement

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीका केन्द्रीय सदस्य वलीलाई बिहीबार प्रहरीले नवलपुरको बसन्तपुरबाट पक्राउ गरेको थियो।

Advertisement
Advertisement

उनलाई आज बिहान प्रहरीले रिहा गरेको छ।

Advertisement

सरद नवलपरासी इन्चार्जसमेत हुन्। उनलाई नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी पार्टीको काममा जाँदै थिए।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले मंसिर ४ को चुनाव बहिष्कार गर्ने निर्णय गरेका थिए।

यसपछि प्रहरीले ती पार्टीका नेता तथा कार्यकर्तामाथि निगरानी बढाएको छ।