Thursday, July 16

कृषि, पर्यटन र पुवार्धार नै सम्बृद्ध माछापुछेृको आधार – बराल

नेपालअखबार, पोखरा । आगामी मंसिर चार गर्ने हुने प्रतिनिधि सभा निर्वाचनमा कास्कीको क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार रामजीप्रसाद बरालले माछापुछ«े गाउँपालिकाको विकासको लागि आफुले नयाँ अवधारणा अवलम्बन गर्ने बताउनुभएको छ ।

Advertisement

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री समेत रहेका बरालले माछापुछेृको विकासको लागि कृषि, पर्यटन र पुर्वाधार विकासमा नयाँ अवधारणा लागु गरेर उक्त ठाउँको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

Advertisement
Advertisement

कास्कीको माछापुछृे गाउँपालिकामा पाँच दलीय गठबन्धनले आयोजना गरेका विभिन्न चुनावी अभियानमा बरालले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । पालिका सदरमुकाम लाहाचोकमा भएको घरदैलो अभियानमा सहभागी हुँदै बरालले आफु जनताका आधारभुत आवश्यकता र समस्यासँग परिचित भएकोले आधारभुत आवश्यकता र समस्या समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो ।

Advertisement

यसैगरी माछापुछेृ गाउँपालिकाको वडा नम्बर ३ र १ का निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दै बरालले यहाँको आवश्यकता भनेको कृषि, पर्यटन र पुर्वाधारको विकास भएको बताउनुभयो । उक्त आवश्यकता आफ्नो पहिलो प्राथमिकता भएको पनि उहाँको भनाई थियो ।

प्रदेश सभा सदस्य तथा मन्त्री हुँदा पनि आफ्ले यस क्षेत्रको विकासमा भरमग्दुर प्रयास गरेको दावी गर्दै बरालले अब प्रदेश भन्दा फराकिलो क्षेत्रमा गएर जनताको सेवा गर्ने चाहना भएको उहाँको भनाई थियो ।

गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार दुर्गादत्त भण्डारीले रामजी बरालले शुरु गर्नुभएका विकासे योजना सम्पन्न गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै, जुन पार्टीले शुरु गरेको योजना हो, सोही पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।