Saturday, July 11

वजयी भएपछि पनि गठबन्धनमा छलफल गरी बिकास गर्छौं – बराल

नेपालअखबार, पोखरा  । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बरालले निर्वाचनपछिको विकास निर्माणका काममा पनि गठबन्धनमा छलफल गरी अगाडी बढ्ने बताएका छन् ।

Advertisement

पोखरा महानगरपालिका २ मा आयोजित उम्मेदवार परिचय कार्यक्रममा बरालले गठबन्धनको जितले पनि देशमा विकासको लहर ल्याउने दावी गरे । गठबन्धनका साझा उम्मेदवारले निर्वाचन जितेपछि मात्रै खानेपानी, सडक लगायतका पुर्वाधारका विकास गर्न सहज हुने उनको भनाई थियो ।

Advertisement
Advertisement

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासङ्घका पुर्व केन्द्रीय अध्यक्ष आनन्द राज मुल्मीले एमालेका अध्यक्ष केपी शर्मा ओलीले कास्की र कास्कीका जनताको अपमान गरेको बताएका छन् ।

Advertisement

उनले ओेलीले शुक्रबार भएको चुनावी कार्यक्रममा प्रचण्डको आलोचना गरि ढिकुरपोखरीको नाम बिगारेर ढिकुरे भनेर कस्केली जनताको अपमान गरेको उल्लेख गरे । मुल्मीले सचेत कास्कीवासीले ओली अभिव्यक्तिको बिरोध गर्नु पर्ने बताए । स्थिरता र विकासका लागि गठबन्धनले विजयी हासिल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेशसभाका उमेदवार दुर्गादत्त भण्डारीले लामो समय यहि वडामा बिताएकाले वडा नं. २ को विकास आवश्यकता र समस्या बारेमा आफु जानकार रहेको बताए ।

नेपाली काङ्ग्रेस पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले गठबन्धनका उमेदवार विजयी भएपछि तिने तहका सरकारले विकासको काम अघि बढाउने बताए ।

संविधानसभा सदस्य शारदा पौडेलले गठबन्धनका दलहरू अब दिन रात नभनिकन एकतावद्द भएर चुनावमा लाग्न आग्रह गरिन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादका केन्द्रीय सदस्य प्रेम पौडेल, निर्वाचन परिचालन समिति ३(१) का संयोजक विष्णु बहादुर केसी, काङ्ग्रेस वडा सभापति अरूण कायस्थ, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष एनकुमार साई लगायतले गठबन्धनका साझा उमेदवार विजयी गराउन आग्रह गरे । कार्यक्रममा नेकपा एमालेका मंगल शाही लगायत ३२ जना काङ्ग्रेस प्रवेश गरेका थिए । शाही बैशाखा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट वडा सदस्य उम्मेदवार बनेका थिए ।