Sunday, August 2

देशभर थपिए २८ जना कोरोना संक्रमित

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २८ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement
Advertisement

एक हजार ८७९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

Advertisement

एक हजार २१९ जनाको पिसिआर र ६६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५७० जना सक्रिय संक्रमित छन्

१८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।