Wednesday, August 5

लुम्ले–लान्द्रुकका जनताको अपेक्षा पिचबाटो र पानी

नेपालअखबार, पाेखरा । कास्की ३ का एमाले उम्मेदवारहरुले कास्कीको अन्नपूर्ण गाउँपालिका ७ र ८ को लुम्ले, पात्लीखेत, माझगाउँ, भिरचोक, टोल्का, लान्द्रुक लगायत क्षेत्रका जनताहरुसंग भेटघाट गरेका छन् । सो क्षेत्रका प्रतिनिधी सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीसंग त्यहाँका जनताहरुले पिचबाटो र खानेपानीको अपेक्षा राखेको बताए । ‘हामीलाई पनि नयाँपुल–घान्द्रुकको जस्तै पिच चाहिएको छ, लान्द्रुकमा भएको भेटघाटमा त्यहाँका स्थानियहरुले उम्मेदवारलाई सुनाए । ‘राजीव पहारीले लुम्रे–लान्द्रुक बाटो खन्नुभएको छ, अब पिच गर्ने पनि उहाँलेनै हो’उनीहरुको भनाई छ । आमा समुहका भवन, विद्यालय निर्माण लगायतमा सहयोग गर्न पनि उहाँहरुले उम्मेदवार समक्ष माग राखे ।

Advertisement

घरदैलोमा एमाले नेता सोमनाथ अधिकारी प्यासीले एमालेको पक्षमा मत माग्दै देशको समृद्धीका लागि एमालेलाई जिताउन आग्रह गर्नुभयो । चुनावी भेटघाट कार्यक्रमको संयोजन नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटिका अध्यक्ष विवेक देवकोटाले गर्नुभएको थियो । घरदैलो कार्यक्रममा समानुपातिक उम्मदेवार क्याप्टेन लालकाजी गुरुङ्ग, प्रदेश समानुपातिक उम्मेदवार देवका पहारी, पार्टीका केन्द्रिय सल्लाहकार परिषद सदस्य देवी सुवेदी, गण्डकी प्रदेश समिति सदस्य गौरी सुवेदी, निर्वाचन परिचालन संयोजक कर्ण गुरुङ्ग लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement

Advertisement