Saturday, August 29

तान्जानियामा विमान दुर्घटना, १९ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ।

Advertisement

दारेसलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा खसेको थियो।

Advertisement
Advertisement

बीबीसीका अनुसार विमानमा रहेका २६ जना यात्रु घाइते छन्। स्थानीय र माझीहरूले डुंगाबाट यात्रुलाई उद्धार गरेका थिए।

Advertisement

घटनास्थलमा सबैभन्दा पहिले पुगेका माझीसँग कुरा गर्दा एक जना फ्लाइट अटेन्डेन्टले विमानको पछाडिको ढोका खोलेकाले विमानबाट केही व्यक्तिलाई बाहिर निकाल्न सफल भएको बताए।

विमान दुर्घटनाको कारण खुलेको छैन। दुर्घटनाको कारण खराब मौसम भनिएको छ।

भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै पर्छ। राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति दु:ख व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन निर्देशन दिएका छन्।