Monday, August 3

‘द्वन्दकालमा हत्या गरिएका दुई जना घान्द्रुकवासीलाई सहिद घोषणा गर्न पहल गर्र्छु’: दामोदर ‘वैरागी’

नेपालअखबार, पाेखरा  । कास्की क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार दामोदर पौडेल वैरागीले १० वर्षे सशस्त्र द्वन्दकालमा विद्रोही  पक्षबाट हत्या गरिएका घान्द्रुकका स्थानिय दिलमान गुरुङ र ईश्वर गुरुङलाई सहिद घोषणा गर्न पहल गर्ने प्रतिवद्वता जनाएका छन् ।
मंसिर ४ गते हुने निर्वाचन लक्षित कार्यक्रम अन्र्तगत अन्नपुर्ण गाउँपालिका वडा नम्वर १० घान्द्रुकका स्थानियसँगको प्रत्यक्ष भेटमा उनले द्वन्दकालमा विद्रोही पक्षले दिएको घान्द्रुकवासीको चोटमा आफुले मल्हम लगाउने प्रतिवद्वता जनाएका हुन् । उनले भने–‘द्वन्दकालमा घान्द्रुकवासीलाई विद्रोही पक्षले दिएको चोटमा महल्म लगाउने म वाचा गर्छु । अल्पायुमै ज्यान गुमाउनु भएका दिलमान गुरुङ र ईश्वर गुरुङको चिरशान्तिको कामना गर्दै सहिद घोषणा गर्न पहल गर्नेछु । तपाईं मलाई सुर्य चिन्हमा मत दिएर विजयी गराउनुस, तपाईको घाईते मुटुको महल्म बनेर तपाईहरुकै सेवा गर्नेछु ।’
एक अर्काे प्रशंगमा उनले व्यवस्था फेरिएपनि जनताको अवस्था नफेरिएका कारण आफ्नो उम्मेदवारी रहेको बताउँदै मंसिर ४ पछि बन्ने नकपा एमालेको सरकारले अवस्था परिवर्तन गर्नेमा ढुक्क हुन आग्रह गरे ।
उनले जिल्लाको पर्यटकीय गन्तव्यमा परिचित रहेको घान्द्रुकमा पर्यटन प्रवद्र्धनका लागि कुनै कसर बाँकी नराख्ने र वर्षेनी वजेट छुट्याउने बताए । उनले घान्द्रुकसम्म पुग्ने बाटो स्तरोन्नती गर्ने विश्वास व्यक्त गरे ।
उम्मेदवार वैरागीले आमा समुहको भवन बनाउने, संग्रालय बनाउने, खानेपानी, बाटो बनाउने, सिंचाईको व्यवस्था मिलाउने, धेरै धन्दा धेरै पर्यटक भित्र्याउने काम गर्ने, प्राकृतिक सम्पदाको संरक्षण गर्ने साथै समग्रमा क्षेत्र नम्वर ३ को विकासका लागि आफूलाई पार्टीले चुनावी मैदानमा पठाएको बताउँदै पार्टीको सुखी नेपाली,समृद्ध नेपालको अवधारणालाई जनताको अभिमतले पूरा गर्ने स्पष्ट पारे ।
उनले आफू बोल्ने हैन काम गरेर देखाउने सर्वहारा जनताको पार्टी नेकपा एमालेको नेता भएकाले जनताको ढाड सेक्ने गरी बढाएको करको दर घटाउने, काममा ढिलासुस्ति र भ्रष्टचारको नियन्त्रणका लागि जुनसुकै मूल्य चुकाउन पनि पछि नपर्ने उद्घोष गरे ।
कार्यक्रममा कास्की ३ (ख) का प्रदेश सभाका उम्मेदवार राजीव पहारी, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार क्रान्ति वुर्लाकोटि, एमाले नेताहरु जगत विश्वकर्मा, सोमनाथ अधिकारी प्यासी, देवी सुवेदी, विवेक देवकोटा लगायतले बोलेका थिए ।

Advertisement
Advertisement

Advertisement