Thursday, May 7

‘म्यान भर्सेस वाइल्ड’ का प्रस्तोता बियर ग्रिल्स गोप्य मिसनसहित सगरमाथा क्षेत्र आएको खुलासा

नेपालअखबार, एजेन्सि। विश्व चर्चित बेलायती एड्भेन्चरर तथा ‘म्यान भर्सेस वाइल्ड’ लगायतका कार्यक्रम प्रस्तोता केही समय अघि नेपाल भ्रमणमा आएका थिए । सार्वजनिक त भएन तर उनी २०२२ को सुरुवातमा पनि सगरमाथा क्षेत्रको भ्रमणमा आएका थिए । उनी त्यतिबेला एक गोप्य मिसनसहित सगरमाथा क्षेत्र भ्रमण आएको खुलासा भएको छ ।

Advertisement

माइकल म्याथ्यू, २२, (बायाँ) आफ्ना साथी जेमी एभेरेटसँग  सन् १९९९ मा सगरमाथा आरोहणको क्रममा

डेली मेलको खबर अनुसार बियर ग्रिल्स पिपा मिडल्टन (बेलायतकी राजकुमारी केट मिडलटनकी बहिनी) का देवरको शव भेटिने आशामा सगरमाथा क्षेत्रको भ्रमणमा आएका थिए । पिपा मिडल्टनका देवरको सगरमाथा आरोहण गर्ने बेलायतका कान्छा आरोहीको रेकर्ड स्थापित गरेको केही घण्टापछि मृत्यु भएको थियो ।


स्काउटका चिफ, प्रिन्सेस अफ वेल्स केट मिडलटनले आफ्नो मिल्ने साथीको रुपमा गन्ने बियर ग्रिल्स माइकल म्याथ्यूको शव भेटिने आशामा नेपाल आएको बताइएको छ ।

सन् १९९९ मा म्याथ्यूको २२ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर फर्किरहेका बेला निधन भएको थियो । उनी बियर ग्रिल्सको पाइला पछ्याउँदै सगरमाथा आरोहण गर्न हौसिएका थिए । बियरले सन् १९९८ मा २३ वर्षको उमेरमा सगरमाथा आरोहण गरेका थिए ।

माइकल पिपा मिडलटनका श्रीमानका भाइ थिए । उनी र उनका दाइ ग्रिल्सका मिल्ने साथी बने । ग्रिल्स एमपी सर माइकल ग्रिल्सका छोरा हुन् ।

‘खासमा हामीले सगरमाथा क्षेत्रको भ्रमण मेरा साथीको भाइको शव पाउने आशमा गरेका थियौँ । मैले सगरमाथा आरोहण गरेको अर्को वर्ष उनले सगरमाथा आरोहण गरेका थिए तर उनी कहिल्यै भेटिएनन्,’ ग्रिल्सले भने ।

ग्रिल्स (बायाँ), २३ वर्षमा, सन् १९९८

‘हामीले निकै मेहनत गर्यौँ । हामीसँग विश्कै उत्कृष्ट टिम थियो ।’

म्याथ्यूका परिवार उनको शव पाइन्छ भनेर धेरै वर्षदेखि प्रतीक्षा गरिरहेका छन् । स्रोतका अनुसार माउन्टेन गाइडलाई उनी कता छन् भनेर थाहा पनि छ ।

अक्सफोर्ड युनियनसँगको कुराकानीमा उनले भने, ‘हामीसँग १० नेपालीसहित केही पश्चिमी आरोहीको उत्कृष्ट टोली थियो । हामीले एउटा शव पनि निकाल्यौँ तर त्यो माइकलको थिएन, एक नेपाली आरोहीको थियो ।’

उनले थपे, ‘यसबारे खासै जानकारी बाहिरिएको थिएन । यसबारे म धेरै कुरा पनि गर्न चाहन्नँ तर यो माइकलको परिवारका लागि निकै विशेष पल थियो ।’