Saturday, August 22

पुम्दीभुम्दी लाई धार्मिक पर्यटनको हव बनाउने उम्मेदवार जीवन र प्रकाशको प्रतिवद्धता

नेपालअखबार, पोखरा । पोखरा २२ ९पुम्दी भुम्दी० लाई धार्मिक पर्यटनको हव बनाउने ५ दलीय गठबन्धनबाट कास्की ३ का उम्मेदवार रामजी प्रसाद बराल जीवन र प्रकाश बरालले प्रतिवद्धत्ता व्यक्त गरेका छन् । विश्व शान्ति स्तुपामा शनिबार आयोजना भएको २३ औं बार्षिक पूजा तथा सम्मान कार्यक्रममा बोल्दै उमेदवार जीवन र प्रदेश सभा सदस्यका उमेदवार प्रकाशले पोखरा २२ को पुम्दी भुम्दीलाई धार्मिक पर्यटनको केन्द्र बनाउन आवश्यक सहयोग गर्ने बताएका हुन् ।

Advertisement

बुद्धधर्म सम्बन्धि विश्व शान्ति स्तुपाः र हिन्दु धर्मको बिशाल महादेव मुर्तिले पछिल्लो समयमा बढी चर्चा भएको उल्लेख गर्दै उम्मेदवार जीवन र प्रकाशले धार्मिक पर्यटनको केन्द्र बनाउन आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न आफुहरु सहयोग गर्ने बताएका हुन् । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उम्मेदवार जीवनले पोखराको शान्ति स्तुपाः मर्मत संहार, बिशाल महादेवको मुर्ति, पोखरा ११ मा निर्माण हुदै गरेको धर्मकाय बुद्ध मण्डला निर्माणमा प्रदेश सरकारको केही बजेट विनियोजन भएको उल्लेख गर्दै थप विकास गर्न आफुहरु कटिवद्ध भएको बताए । उम्मेदवार प्रकाशले पुम्दी भुम्दीको क्षेत्रबाट दुई जना उम्मेदवारको रुपमा पाउनु ठुलो कुरा भएकोले यसमा जित सुनिश्चित पारे थप विकास हुने दाबी गरे । आफुहरु शुसासन कायम गर्न र भ्रष्टचार बिरुद्ध लाग्ने प्रकाशले जनाए ।

Advertisement
Advertisement

विश्व शान्ति स्तुप समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल, धर्मकाय बुद्धमण्डला काहुँ डाँडाका अध्यक्ष रुद्रकुमारी गुरुङ लगायतले वोलेका थिए ।

Advertisement