Thursday, May 7

संविधानजोगाउने गठबन्धनका नेतालाई भोट हालिन्छ : मतदाता

नेपालअखबार, पोखरा । पाँचदलियगठबन्धनबाटकास्की २ काउम्मेद्वारहरु घरदैलो अभियानमाछन् । मंसिर ४ नजिकआएकाले उनीहरुलाई मतदाता रिजाउनभ्याइनभ्याइ छ । कास्की २ काउम्मेदवार श्रीनाथ बराल, २ (क) काविश्वप्रकाशलामिछाने र २ (ख) काविन्दुकुमार थापाआईबार पोखरा १६ र ११ को घरदैलो र चुनावीकोणसभामाव्यस्तभए ।
उनीहरुले मतमात्रमागिरहेका छैनन् । मतसँगै मन र समस्यामापनिमागिरहेकाछन् । सोहीअनुसार मतदाताहरुले कसैले सल्लाहदिन्छन्, कसैले सुझाव त धेरैले विकासकाकामढिलाभएको गुृनासा सुनाउँछन् । भने, केहीले गाली समेत गर्न भ्याउँछन् । तर, पोखरा ११ मामतदाताहरु पुग्दा धेरै खुसीथिए । पोखरा ११ काँहु क्षेत्रकामतादाताहरुमध्ये बुद्धिसागर घिमिरेले संविधानजोगाउनबनेको गठबन्धनलाई भोटहाल्ने हो भन्दै उम्मेदवारसँगै हिडे । उनले शेरबहादुर, प्रचण्ड, माधवकुमार र बाबुाराम भट्टराई मिलेपछिअसंभव केहीनभएको बताए ।गठबन्धनमाचित्रबहादुर केसीपनिसँगै भएकाले केहीहुने आशाव्यक्त गरे । केपीवलीले संसद विघटनगरेर गलतकाम गरेकाले यसपटकआफ्नो भोट गठबन्धनका नेताहरुलाई भएको बताए ।
चुनावी सभालाई सम्बोधनगर्दै कास्की २ काउम्मेदवार श्रीनाथ बरालले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने बताए । जनताकासमास्यासमाधानगर्दैै विकासकाआयामहरुकालागिमतदिनआग्रह गरेकाहुन् । काँहुको पर्यटनविकास र कृषिमाआधुनिकीकरणगर्ने उनले प्रतिवद्धताजनाए ।
कास्की २ (ख) काउम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासकालागिगुरुयोजना सहितविकासका योजनाल्याउने बताए । काहुँडाडानिकै पिछडीएको बताउँदै यस्को विकासकालागिगुरुयोजनाअघि सार्न आवश्यक रहेको सुनाए ।
कास्की २ (क) काउम्मेदवार विश्वप्रकाशलामिछानेले आर्थिक, सामाजिक, लैंिगक, जातियविभेद परिवर्तन गर्नको लागीआफ्नो उम्मेदवारी रहेको बताए । जनताकालागि संघर्ष गर्दै सबैपिडितहरुकालागिकेहीअधिकार अझै स्थापितगर्न गठबन्धनकाउम्मेदवारहरुलाई जिताउनउनको आग्रहथियो ।

Advertisement