Tuesday, August 4

‘तिव्र विकास र समृद्धि आफ्नो एक मात्र स्वार्थ’–एमाले उम्मेदवार कार्की

नेपालअखबार, पोखरा । नेकपा एमालेको तर्फबाट कास्की २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीले  तिव्र विकास र समृद्धि आफ्नो एक मात्र स्वार्थ भएको बताएका छन् ।
उनले देश विकास गर्ने योजना र तागत आफ्नो पार्टीसँग मात्रै भएको उल्लेख गर्दै समृद्ध नेपाल–सुखी नेपालीको सपना साकार पार्न आफु योजना र कार्यान्वयनको उपाय सहित निर्वाचनमा सामेल भएको स्पष्ट पारे ।
आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्दै कार्कीले भने–‘जहिले पनि एमालेले सम्भव सपना देख्यो र तिनीहरुको सार्थक परिणाम पनि देखिइसकेको छ, अब पनि आफ्नो घोषणापत्रमा समृद्धिको अभियान उल्लेख गरेका छौँ ।’
राष्ट्रिय स्वाधिनताको रक्षासहित उज्यालो प्रदेश र क्षेत्र निर्माण गर्दै समृद्धिका सबै पूर्वाधारहरुको उत्कृष्टतापूर्वक निर्माणमा लाग्ने उनको प्रतिवद्धता छ । ‘जनताको जगमा उभिएको पार्टी हो, जनताको आशा र विश्वासलाई भरोसामा बदल्ने छु ।’ उनी भन्छन् –‘हिजो पनि आफ्नै ठाउँमा थिए, सधै तपाईंकै घर आँगनमा नियमित आउने छु, समस्या बुझ्दै तपाहरूकै सुझाव अनुसार अघि बढ्छु, जनताका  चाहाना नै मेरा विकासका योजना हुन् ।’
उनले नागरिक निरोगी भए मात्रै देश समुन्नत हुने भन्दै आफ्नो पार्टीले हाम्रो नेपाल ः निरोगी नेपालको अवधारणा सहित मर्यादित श्रम सुरक्षित रोजगारी,कृषि भूमिमा पानी, सिँचाइमा लगानी,स्वस्थ सुन्दर र व्यवस्थित पालिकाको अवधारणा अघि सारेको बताए ।
उम्मेदवार कार्कीले जनताको कर जनताकै लागि विकासमा लगानी गर्दै सशक्त महिला, विकसित समाज, बनाउने, विद्युत उर्जा विकासबाट समृद्धिको यात्रा तय गर्ने उल्लेख गरे ।

Advertisement
Advertisement

Advertisement