Friday, July 3

आफ्नो क्षेत्रको सहरी बस्तीलाई व्यवस्थित गर्ने भण्डारीको योजना

पोखरा \ आसन्न निर्वाचन अन्र्तगत पाँच दलिय गठबन्धन कास्की ३९१०का उम्मेदवार दुर्गादत्त भण्डारीले पोखरा महानगरपालिका भित्र आफ्नो क्षेत्रमा पर्ने सहरी वस्ती व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

मंगलवार पोखरा २ मा चुनावी घरदैलो गर्दै माओवादी नेता समेत रहेका उम्मेदवार भण्डारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । पोखरा सुन्दर सहर भएपनि योजनावद्ध र व्यवस्थित वस्ती विकासको योजना नभएको उनको भनाई थियो ।

Advertisement
Advertisement

व्यवस्थित बस्तीसँगै उनले आधारभूत स्वास्थ्य सेवा जनताको अधिकार भएको उल्लेख गर्दै नागरिकलाई हरेक सेवा सुविधा लिन महेन्द्रपुल, न्यूरोड तथा चिप्लेढुङगा नै ध्याउनुपर्ने परिस्थति प्रति आफू गम्भिर रहेको जनाए ।

Advertisement

भण्डारीले आफूले स्थानीय वरपाटन स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको स्तरोन्नती गर्न, विन्ध्यवासिनी मन्दिरमा धार्मिक पर्यटक बढाउन, वडाका भित्री सडकहरु स्तरउन्नती गर्न साथै वडाका विभिन्न स्थानमा पार्क निर्माणमा पनि विशेष पहल गर्ने उल्लेख गरे ।

उम्मेदवार भण्डारी सहितको टोलीले सो वडा स्थित भुपीमार्ग, विन्ध्यवासिनी मार्ग, अर्चलवोट मार्ग क, ख, ग, वसपार्क, पोखरावेसी मार्ग, जयमूल मार्ग लगायतमा मंगलवार घरदैलो गरेको हो ।

घरदैलोमा नेकपा एकीकृत समाजवादीमा नेता चुडामणि जंगली, नेपाली कांग्रेस वडा सभापति अरुण कायस्त, माओवादीका रुपलाल विक, कांग्रेस नेता एवम् वडा नं। २ का पूर्व अध्यक्ष रामेश्वर मल्ल लगायतका गठबन्धनका नेता कार्यकर्ता सहभागि थिए ।