Friday, July 17

षडयन्त्र हुनसक्ने भन्दै गठबन्धनका उम्मेदवारद्वारा मतदातालाई सचेत रहन आग्रह

नेपालअखबार, पोखरा  । आम निर्वाचनको समय नजिकिँदै जाँदा मतदाता प्रभावित पार्न नयाँ नयाँ षडयन्त्र हुन सक्ने भन्दै सचेत रहन पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले आग्रह गरेका छन् । निर्वाचन प्रचार अभियान अन्तरगत कास्की २ मा आयोजित संयुक्त युवा तथा विद्यार्थी भेलामा उनीहरुले यस्तो आग्रह गरेका हुन् ।

Advertisement

‘निर्वाचनको मिति नजिकिँदै छ, हाम्रा बिरोधीहरु विभिन्न प्रलोभन लिएर आउन सक्छन्, सचेत रहनुहोला ।’ प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रीनाथ बरालले भने, ‘केही मिनेटको प्रलोभनमा परेर पुरै पाँच वर्ष पछुताउने काम नगरौं ।’

Advertisement
Advertisement

कास्की २ ९१० का उम्मेदवार विश्वप्रकाश लामिछानेले पनि निर्वाचनको समय छोटिँदै जाँदा खेल हुनसक्ने भएकाले सचेत रहन आग्रह गरे ।

Advertisement

उनले अहिलेको मुख्य प्रतिवद्धता नेपाली जनतालाई सम्बृद्ध बनाउने भएको बताउँदै भाषणमा मात्रै नभई जनताको चुलोमा नै सम्बृद्धि ल्याउने बाचा गरे ।

‘सम्बृद्धिको लागि संविधानमा उल्लेख गरिएका मौलिक हक कार्यान्वयन गरे मात्र हुन्छ, जसले जनता समृद्धि हुन्छन् ।’ उनले भने, ‘विकास गर्नुपर्ने समयमा व्यवस्था जोगाउने आन्दोनल गर्नुपर्यो, अब विकासले रफ्तार लिन्छ ।’
आफु भ्रष्टाचार विरोधि अभियन्ता समेत भएको बताउँदै लामिछानेले भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने प्रतिवद्धता व्यक्त गरे ।