Thursday, May 7

उम्मेदवार बराललाई बिरामी भेटन् समेत अवरोध

नेपालअखबार, पाेखरा । मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामजी प्रसाद बराललाई बिरामी भेट्न जाँदा उहाँका प्रत्याशी दामोदर बैरागी पक्षका कार्यकर्ताले अवरोध गरेका छन् ।

आज अपरान्ह अन्नपूर्ण गाउँपालिका वडा नं १ का पार्टी नेता नारायण भण्डारीकी बिरामी आमा भेट्न गएको अवस्थामा गण्डकीका अर्थमन्त्री समेत रहनुभएका बराललाई बैरागी पक्षका कार्यकर्ताले बाटोमा दुव्र्यवहार गरी होहल्ला गरेका थिए ।

Advertisement

कार्यकर्ताले उम्मेदवार बराल मौन अवधिमा चुनाव प्रचार प्रसारमा आएको आरोप लगाएका छन् । उम्मेदवार बरालमाथि दामोदर पक्षका कार्यकर्ताबाट भएको अवरोधप्रति स्थानीयले दुःख व्यक्त गरेका छन् । स्थानीयले एमालेका उम्मेदवार बैरागी पक्षको कार्यप्रति आलोचना समेत गरेका छन् ।

मौन अवधिमा चुनाव प्रचार प्रसार गर्न नपाइने व्यवस्था रहेपनि उम्मेदवारको सामान्य जनजीवनमा कुनै बन्देज हुँदैन ।यसैबीच मन्त्री बरालको सचिवालयले सो विषयलाई सामाजिक सञ्जाल र केही मिडियाले भ्रामक रूपमा समाचार सम्प्रेषण गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बिरामी भेट्न गएको अवस्थामा केही अराजक ब्यक्तिहरुबाट अतिरञ्जित गरिएको घटनाप्रति खेद व्यक्त गर्दै भ्रामक र नियोजित समाचार र होहल्लाको पछाडि नलाग्न सबैमा हार्दिक अनुरोध गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने उम्मेदवार बरालको साथबाट केही नभेटिएको जनाएको छ । प्रमुख निर्वाचन अधिकारी प्रकाश खरेलले भने बरालको गाडी र साथबाट केही नभेटिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘आयोगले गाडी खानतलासी र अरु जाँच गर्दा केही नभेटिएकाले छाडिएको छ ।”