Thursday, May 7

विराटनगरमा शंकास्पद वस्तु भेटियो

नेपालअखबार, विराटनगर । निर्वाचनको अघिल्लो दिन आज शनिबार विराटनगरमा शंकास्पद बस्तु फेला परेको छ ।

शनिबार बिहान विराटनगर महानगरपालिका-३ पुष्प मार्गमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । सडकको छेउमा बिहान साढे ६ बजे शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।

शंकास्पद वस्तु भेटिएको स्थान वरपर सर्वसाधारण तथा सवारीसाधनको आवतजावतमा रोक लगाउँदै प्रहरीले घटनास्थलाई सुरक्षित राखेर उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाएको छ ।