Saturday, July 11

डोटीमा प्रतिनिधि सभा सदस्यमा आले विजयी

नेपालअखबार, डोटी ।  डोटीमा प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेमबहादुर आले विजयी हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार आले निर्वाचित हुनुभएको हो ।

Advertisement

उहाँले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले पराजित गर्नु भएको हो । आलेले २७ हजार २१० मत प्राप्त गर्नु भएको छ भने गौरीले २३ हजार ४ मत ल्याउनुभयो ।

Advertisement
Advertisement

स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत प्राप्त गर्नु भएको छ ।

Advertisement

यसैगरी, डोटी प्रदेश सभा ‘१’ मा नेकपा एमालेका उम्मेदवार चक्र मल्ल विजयी हुनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी हुनुभएको हो।

मल्लले १५ हजार २७९ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सिंहले १४ हजार ८२९ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओली प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ । डोटीको प्रदेश निर्वाचन क्षेत्र २ बाट ओली विजयी हुनुभएको हो । उहाँले १४ हजार ४७ मत प्राप्त गर्नुभएको छ ।

माओवादी केन्द्रका उम्मेदवार ओलीले एमालेका उम्मेदवार टेकबहादुर बमलाई पराजित गर्नु भएको हो । बमले १३ हजार १२८ मत प्राप्त गर्नुभएको छ ।