Sunday, May 10

३० हजार मतान्तरसहित नेमकिपाका सुवाल विजयी

नेपालअखबार, भक्तपुर। भक्तपुर १ मा नेमकिपाका उम्मेदवार प्रेम सुवाल ३० हजार मतान्तरसहित विजयी भएका छन् ।

नेमकिपाका सचिव समेत रहेका सुवाल ४२ हजार ७६१ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाए भने राप्रपाका भरत खड्काले ९ हजार ३०३ मत पाए ।

Advertisement

विजयी सुवाल र एमालेका उम्मेदवारबीचको मतान्तर ३० हजार ७९३ रहेको छ ।