
नेपालअखबार, चितवन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाल चितवन क्षेत्र नं. १( ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । गठवन्धनबाट उम्मेदवार बनेका खनाल जितेर समाजवादीले आˆनो उपस्थितीलाई जिल्लामा कायमै राखेको छ ।
खनालले एमालेका प्रकाश खनाल ‘शैलेस’ लाई पराजित गरे । पाँच दलीय गठबन्धनका खनालले १५ हजार ५०७ मत ल्याउँदा शैलेसले १४ हजार ७६८ मत ल्याउन सके । निर्वाचित खनाल बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन् । उनी २०७४ को निर्वाचनमा एमालेबाट सोही क्षेत्रमा प्रदेश सांसद निर्वाचित भएका थिए ।त्यस्तै सोही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम शर्मा खनालले एक हजार ४१९, कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार राममणि न्यौपानेले सात हजार ५१९ मत ल्याए । ७३ हजार ८ सय ३० मतदाता रहेको यो क्षेत्रमा ५१ हजार १ सय ३२ मत खसेको थियो । त्यसमा १९४३ मत बदर भएको थियो ।

