Friday, July 10

दोलखामा माओवादीका उम्मेदवार कार्कीलाई दोब्बर मतको अग्रता

नेपालअखबार, दाेलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार  गङ्गा कार्कीले दोब्बर मतको अग्रता लिएका छन्।

Advertisement

हालसम्म ६ हजार ३१ मतगणना हुँदा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले तीन हजार ६१८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले एक हजार ८०० मत प्राप्त गरेका छन्।

Advertisement
Advertisement

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले तथा प्रदेशसभा (२) मा एमालेका भरत केसीले अग्रता लिएका छन्।

Advertisement
दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो । यहाँ १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।