
नेपालअखबार, काठमाडाैं । पाथसिड नेपाल प्रालिबाट प्रकाशित उकेरा डटकमको सिएमएसमा अनधिकृत रुपमा प्रवेश गरी प्रकाशित सामग्री हटाउने कार्य भएकोमा अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ ।
सुप्रिम सहकारी आर्थिक संकटमा रहेको समाचारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे प्रकाशित समाचारसँगै अन्य समाचार समेत डिलेट गरिएको पाथसिडका अध्यक्ष सुरेश ढकालले जानकारी दिएका छन् । लामिछानेको नागरिकता र राहदानीको विवादबारे उकेरा डटकममा प्रकाशित समाचारबारे उकेराका प्रधान सम्पादक केपी ढुंगानालाई सामाजिक सञ्जालबाट निरन्तर थ्रेट आइरहेकोप्रति संघले आपत्ति जनाएको हो ।

