Saturday, July 4

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

Advertisement

उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका थिए ।

Advertisement
Advertisement

मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र वपिचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बचताए ।

Advertisement

‘त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु’ मनाङेले सोमबार जारी विज्ञप्तिमा भनेका छन् ।

गण्डकी प्रदेशसभामा अब मनाङे एकीकृत समाजवादीका एक्ला सांसद बनेका छन् । गण्डकीमा एकीकृत समाजवादीले २ सिटमा उम्मेदवारी दिएको थियो । तर दुबै उम्मेदवार पराजित भएका थिए ।

हेर्नुस् दीपक मनाङेको विज्ञप्ति