Saturday, July 4

अनेमसंघ समाजवादीले लैंगिक हिंसा विरुद्धको अभियानमा जागरण कार्यक्रम गर्ने

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) निकट अखिल नेपाल महिला संघ ( समाजवादी ) ले शुक्रबार लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत सचेतना मूलक कार्यक्रम गर्ने भएको छ ।

Advertisement

एकीकृत समाजवादी अन्तर्गतका सबै जन सङ्गठनहरूको सहभागितामा शान्ति वाटीका रत्नपार्कमा दिउँसो २ वजे  बाट र्याली सहित विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । २५ नोभेम्बर वाट १० डिसेम्बर सम्म सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय  अभियान अन्तर्गत अनेमसंघको संयोजनमा कार्यक्रम गर्न लागिएको अनेमसंघ समाजवादीका केन्द्रीय अध्यक्ष जयन्ती राईले बताउनु भयो ।

Advertisement
Advertisement

कार्यक्रममा सबै  जनसङ्गठनहरूले आ आफ्नो ब्यानरमा सहभागि हुने साथै महिला अधिकार र लैंगिक हिंसा सँग सरोकारका  वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको  अनेमसंघले जनाएको छ  ।

Advertisement

सोमबार भएको तयारी बैठकमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा मोर्चा संगठन प्रमुख डा. विजय पौडेल प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा अनेमसंघकी अध्यक्ष राई ,सम्पर्क विशेष प्रदेश कमिटीका इञ्चार्ज विजय गुरुङ लगायत विभिन्न मोर्चाका प्रमुख तथा प्रतिनिधिहरुले लैंगिक हिंसा  हिंसा र सरोकारका विषयमा बोल्नु भएको थियो ।