Monday, August 24

निर्वाचन सम्पन्न गरेकामा सरकारद्वारा सबैमा धन्यवाद

नेपालअखबार, काठमाडाैं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन यही मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ ।

Advertisement

मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निर्वाचनलाई सफल तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम, सञ्चारकर्मी, नागरिक समाज लगायतलाई पनि धन्यवाद दिएको छ ।

Advertisement
Advertisement

नेपाल सरकारद्वारा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सबैलाई सरकारका तर्फबाट धन्यवाद दिने निर्णय भएको बताए । रासस

Advertisement