Saturday, July 4

‘टाइम पर्सन अफ दी इयर २०२२’को उपाधि युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई

नेपालअखबार, काठमाडौं । सन् २०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पाएका छन् । विश्वप्रसिद्ध म्यागेजिन टाइमले जेलेन्स्कीलाई उक्त उपाधि दिएको हो ।

Advertisement

यो उपाधि पछिल्लो १२ वर्षदेखि विश्व घटनामा सबैभन्दा बढी प्रभाव पारेको व्यक्तिलाई दिने गरिन्छ । सन् २०२२ को यो उपाधिका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ लगायतका नेताहरु नोमिनेसनमा परेका थिए ।

Advertisement
Advertisement

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले गरेको आक्रमणको डटेर सामना गर्दै आएका छन् । त्यसैले उनी यो उपाधिका लागि उपयुक्त भएको टाइम म्यागेजिनको निष्कर्ष छ ।

Advertisement

टाइम म्यागेजिनका प्रधानसम्पादक एडवर्ड फेलसेन्थलले भनेका छन्, युक्रेनको लागि लडाइँ चाहे कसैको डरले होस् वा विश्वासले होस्, भ्लोदोमिर जेलेन्स्कीले यसरी प्रेरित गरेकि, यस्तो हामीले यो दशकमा देखेका थिएनौं ।’

सन् २०२१ का ‘टाइम पर्सन अफ दी इयर’को उपाधि एलन मस्कले पाएका थिए ।