Monday, August 24

मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु

नेपालअखबार, पाेखरा । पोखराको मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ।

Advertisement

पोखरा महानगरपालिका -१८ सराङकोटकी ६५ वर्षीय धनसरी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

Advertisement
Advertisement

उनका अनुसार बिरामी भएर भर्ना गरेकी छोरालाई भेट्न जाँदा शुक्रबार दिउँसो अस्पतालको तीन तलाबाट खसेर मृत्यु भएको हो।

Advertisement

‘उहाँको छोरी बिरामी भएर अस्पतालमा भर्ना गरिएको रहेछ,’ उनले भने, ‘छोरीलाई भेट्न जाँदा खसेर मृत्यु भएको हो।’

कसरी खसेर मृत्यु भएको भन्नबारे थप अनुसन्धान भइरहेको उनले बताए।