Thursday, May 7

अमेरिकी खेल पत्रकार ग्रान्त वलको हृदयघातबाट मृत्यु

नेपालअखबार, एजेन्सि। कतारमा जारी विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्त वलको हृदयघातबाट मृत्यु भएको छ।

लुसेल स्टेडियममा अर्जेन्टिना र नेदरल्यान्डबीच भएको क्वाटरफाइनल म्याचको रिपोर्टिङ गरिरहेका ४९ वर्षीय पत्रकार वलको हृदयघातबाट मृत्यु भएको द गार्डियनले जनाएको छ।

Advertisement

उनी सिबिएस स्पोर्टसमा काम गर्थे।

स्‍टेडियममा रहेको प्रेस बक्समा बसेर काम गरिरहेका उनी खेलको अतिरिक्त समयमा एक्कासी ढलेका थिए। वरिपरि रहेका पत्रकारले देखेपछि चिकित्सकको टोलीलाई बोलाइएको थियो।

चिकित्सकले २० मिनेट सम्म सिपिआर दिएको थियो। गत सोमबार मात्रै वलले आफ्नो स्वास्थ्यमा असहज महसुस भएपछि चेकअप गराउन गएको पनि बताएका थिए।

विश्वकपका लागि रिपोर्टिङ गर्न गएका उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा समेत लिएको थियो। कतारको अहम्मद विन अलि स्टेडियममा अमेरिका र वेल्सबीचको खेलका क्रममा उनलाई प्रहरीले समातेको थियो। यौनिक अल्पसंख्यक समुदायप्रति ऐक्यवद्धता जनाउने गरी  इन्द्रेणी पहिरन लगाएको अभियोगमा उनी माथि लागेको थियो।