Saturday, April 18

छोरीको घर गएकी आमाकाे मृत्यु

गोरखा । अजिरकोट ५ कुसेण्डेमा छोरीको घर गएकी एक महिलाको मृत्यु भएको छ । वडा नम्बर ४ पोखरी डाडाँकी ७० वर्षीय दुरमाया नेपाली आइतबार छोरी कुमारी नेपालीको घर गएकी थिइन् ।

राती खाना खाइओरी सुतेकी दरमायाँको सोमबार अकस्मात मृत्यु भएको हो । झ्याल्ला भुमि जात्रा गएर आएका स्थानीय २२ बर्षिय सुनिल नेपाली पनि सोही घरमा बास बसेका थिए । मादक पदार्थ सेवन गरेर आएका सुनिल र स्थानीय वीच सामान्य विवाद समेत भएको थियो ।

Advertisement

दुरमायाको मृत्यु रहस्यमय ढङ्गले भएको भन्दै परिवार स्रोतले खबर गरेपछि प्रहरीले सुनिललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *