Thursday, May 7

एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष नेपाल सर्वसम्मत

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) को संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधवकुमार नेपाल चयन हुनु भएको छ  ।

नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको पार्टीका महासचिव डा. वेदुराम भुसालले जानकारी दिनुभयो  ।

Advertisement

संसदीय दलको नेताको प्रस्तावमा संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वालालाई चयन गरेको छ ।

pous 41671447317.jpeg