Saturday, July 18

मजदुरको पसिनाबाट हामी गाडी चढिरहेका छौं, उनीहरू नै हेपिएका छन्-श्रममन्त्री कुँवर

नेपालअखबार, काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीका लागि पुगेका श्रमिकहरू विभिन्न समस्यामा परेका गुनासाहरू आइरहेको बताएका छन्।

Advertisement

सोमबार काठमाडौंमा प्रवासी नेपाली समन्वय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कुँवरले वैदेशिक रोजारीमा पुगेका श्रमिकहरूको हकहित सुनिश्चितताका लागि सरकार र सबै सरोकारवाला निकाय संवेदनशील भएर लाग्नुपर्ने बताए।

Advertisement
Advertisement

श्रमिक घरबाट निस्किएदेखि नै ठगीमा पर्नुपर्ने दुःखद् अवस्था रहेको उनले बताए।

Advertisement

सरकारले शून्य लागतमा पठाउने नीति ल्याए पनि कार्यान्वयन गर्न नसकेको पनि उनले स्वीकार गरे।

‘मजदुरको पसिनाबाट हामी गाडी चढिरहेका छौं, उनीहरू नै हेपिएका छन्, चेपिएका छन्,’ उनले भने।

सरकारले वैदेशिक रोजगारमा सीपयुक्त श्रमिक पठाउन पहल गर्ने पनि उनले बताए।

‘बरु थोरै श्रमिक पठाउने तर सीपयुक्त पठाउने भन्ने सरकारको नीति हो। यसो हुँदा परदेशमा हुने जोखिम न्यूनीकरण हुन्छ,’ उनले भने।