Saturday, July 4

माधव नेपाल भन्छन्–राष्ट्रपति पद २०६४ र २०७२ मै अस्वीकार गरे

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले २०६४ साल र २०७२ सालमै आफूलाई राष्ट्रपतिका लागि प्रस्ताव गर्दा अस्वीकार गरेको बताए ।

Advertisement

नेता नेपालले त्यतिबेला उमेर नपुगेकाले आफूले अस्वीकार गरेको पनि बताए । ‘राष्ट्रपति बन्ने आकाङ्क्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो । २०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो । मैले अस्वीकार गरेको हो । त्यतिबेला मैले मेरो उमेर पुगेको छैन भनेको हो ।’

Advertisement
Advertisement

आगामी दिनमा राजनीतिले मागेको आवश्यकतालाई मध्यनजर गरेर पद लिने भन्दै शक्ति बाँडफाँटबारे गठबन्धनमा छलफल नै सुरु भैनसकेको नेता नेपालको भनाइ छ । ‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ’, नेता नेपालले गठबन्धन कायम रहने पनि बताए । उनले भने, ‘यो गठबन्धन कायम रहन्छ, पावर शेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरेबमोजिम हुनेछ ।’ अध्यक्ष नेपालले आवश्यक परेको खण्डमा सबै पदका लागि आफू तयार रहेको पनि बताए ।

Advertisement