Wednesday, July 15

थारु विद्यार्थीलाई मन्त्री चौधरीको सुझाव : सीमान्तकृत समुदाय हौँ भनेर दङ्ग नपरौँ

नेपालअखबार, काठमाडाैं। सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु समुदायलाई सीमान्तकृत हौँ भनेर दङ्ग नपर्न सुझाएका छन् । पुल्चोक क्याम्पसमा शनिबार आयोजित थारु विद्यार्थी सभाको वार्षिक सभामा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री चौधरीले थारु समुदायले दुःख, गरिबीका कुरा मात्र गर्ने गरेको बताउँदै मन्त्री चौधरीले भने, ‘अब हामीले दुःखका, गरिबीका गीत मात्रै गाउने होइन । सीमान्तकृत समुदाय हौँ भनेर दङ्ग पर्ने होइन । हिम्मतका, मिहिनेतका कुरा गर्नुपर्छ । सफलताका कथा सुन्नुपर्छ । दंगिशरण चौधरी राजा भएको इतिहास छ । थारुहरू प्रधानपञ्च, हेड मास्टर भएको इतिहास छ । पञ्चायतकालमा परशुनारायण राजदरबारका स्थायी सदस्य भएका थिए ।’

Advertisement

उति बेला थारुहरूले समाजको अगुवाइ गरेको प्रसङ्ग निकाल्दै मन्त्री चौधरीले थपे, ‘त्यो बेला पनि समाज मिश्रित थियो । आज पनि मिश्रित नै छ । त्यतिबेला नेतृत्व गरेको थारु समाज आज किन पछाडि पर्‍यो भनेर हामीले सोच्नुपर्छ । फेरि पनि हामीले समाजको अगुवाइ गर्ने हिम्मत गर्नुपर्छ ।’ ​इन्जिनियरिङ पढ्नु आफैमा राम्रो भएको बताउँदै सहरी मन्त्री चौधरीले राजनीतिमा पनि अगुवाइ गर्न थारु विद्यार्थीहरूलाई आग्रह गरेका थिए ।

Advertisement
Advertisement

Advertisement