Wednesday, July 15

हिम आँधीका कारण अमेरिकामा ३ दर्जन बढीको मृत्यु

नेपालअखबार, काठमाडाैं । उत्तरी अमेरिकामा आएको हिम आँधीका कारण अमेरिका र क्यानडामा कम्तिमा ३८ जनाको ज्यान गएको छ।

Advertisement

खराब मौसमका कारण अमेरिकामा मात्रै ३४ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ।

Advertisement
Advertisement

यो आँधीको सबैभन्दा बढी प्रभाव न्यूयोर्क राज्यको बफेलो सहरमा देखिएको छ। क्रिसमसको समयमा आएको भयानक शीत आँधीबाट न्युयोर्क राज्यमा मात्रै १२ जनाको मृत्यु भएको न्युयोर्क गभर्नर क्याथी होकुलले पुष्टि गरिन्।

Advertisement

यात्रामा अहिले पनि समस्या रहेको छ भने देशभरि दशौं हजारका घरमा विद्युत आपूर्तिमा अवरोध आएको छ। न्यूयोर्कमा भारी ताल प्रभाव हिमपातले आपतकालीन उद्धार प्रयासहरूलाई अवरोध समेत गरेको छ।

तूफान जस्तै शक्तिशाली हावाहुरी र हिमपातको अवस्थाकाले जनजीवन प्रभावित भएको हो। बफेलो एयरपोर्ट मंगलबारसम्म बन्द छ।

राष्ट्रिय मौसम सेवाले आइतबार बिहान ७ बजेसम्म बफेलोको विमानस्थलमा ४३ इन्च हिमपात भएको जनाएको छ।

न्युयोर्कबाहेक ओहायो, कन्सास, भर्मन्ट, कोलोराडो, विस्कन्सिन र मिजौरीमा पनि मौसम प्रतिकुल छ।

समाचार एजेन्सी एपीका अनुसार यसको प्रभाव उत्तरी अमेरिकामा क्यानडादेखि सुदूर दक्षिणको अमेरिकी प्रान्त टेक्साससम्म देखिएको छ ।

यसैबीच क्यानडाको मेरिट सहरमा हिउँले ढाकिएको सडकमा बस चिप्लिएर चार जनाको मृत्यु भएको छ।

न्यूयोर्क राज्यका गभर्नर क्याथी होचुलले यसलाई बफेलो सहरको इतिहासमा सबैभन्दा विनाशकारी आँधी भएको बताएकी छन्।