Saturday, July 4

चीनमा अब विदेशबाट आउने यात्रुले क्वारेन्टाइन बस्नु नपर्ने

नेपालअखबार, एजेन्सि। चीनले आगामी पुस २४ ( जनवरी ८ ) बाट अन्तर्राष्ट्रिय यात्रीका लागि अनिवार्य गरेको क्वारेन्टाइन हटाउने भएको छ।

Advertisement

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ वर्षको पहिलो सातादेखि चीन आउने कुनै पनि अन्तर्राष्ट्रिय पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने घोषणा गरेको हो।

Advertisement
Advertisement

यो सँगै चीनले करिब ३ वर्षपछि आफ्नो अन्तर्राष्ट्रिय सीमाहरू फेरि खोल्न लागेको हो। चीन सरकारले लिएको निर्णय अनुसार अब यात्रुलाई चीन जान ४८ घण्टा पुरानो कोभिड रिपोर्ट भए पुग्नेछ।

Advertisement

डिसेम्बरको सुरूमा भएको सरकार विरोधी प्रदर्शनपछि सी जिनपिङ प्रशासनले शून्य कोभिड नीतिलाई केही खुकुलो बनाएको थियो।

पछिल्लो समय क्वारेन्टिनमा बस्नु पर्ने अवधि भने निकै कम गरिएको थियो। शुरूमा तीन साताको अनिवार्य क्वारेन्टिन तोकिएकोमा हाल पाँच दिनमात्र क्वारेन्टिनमा बस्नु पर्ने नियम रहेको छ।

प्रतिबन्धहरु खुकुलो पारिएपछि चीनमा कोरोना संक्रमणको दर र अस्पतालहरुमा बिरामीको चाप हृवात्तै बढेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्।

संक्रमणको दर बढेसँगै चीनले कोभिड संक्रमितको दैनिक तथ्यांक सार्वजनिक गर्ने काम पनि बन्द गरेको छ। चीनमा दैनिक हजारौँ मानिसले ज्यान गुमाइरहेको हुन सक्ने आशंका गरिएका छन्। यद्यपि, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

मार्च २०२० देखि चीन आउने सबै अन्तर्रष्ट्रिय यात्रुले अनिवार्य केन्द्रीकृत क्वारेन्टाइन बस्नुपरेको थियो।