
नेपालअखार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिक घटना क्रमले नाटकीय मोड लिएको बताउनु भएको छ ।
नेकपा एकीकृत समाजवादी सुदूर पश्चिम प्रदेशले पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित सभासद्हरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपाली राजनीतिमा हठात् परवर्तन आएको भएपनि के के न होला भनेर आतिनु पर्ने अवस्था भने नभएको बताउनु भयो ।
अध्यक्ष नेपालले नेपाली राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीको सक्रिय हस्तक्षेप जरुरी भएको भन्दै त्यसको लागि सत्ता लोलुपतालाई त्यागेर शक्ति आर्जन गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले पार्टीका सबै तह र तप्काकाका नेता कार्यकर्ताहरुलाई पार्टी र संगठन निर्माणमा निरन्तर लागेर संगठनको आधार तय गरेपछि मात्र जनजनमा स्थापित हुने भएकोले त्यस तर्फ लाग्न निर्देशन दिनुभयो । उहाँले राजनीतिमा आतिने र मात्तिने काम नभएको भन्दै अध्यक्ष नेपालले राजनीतिमा विश्वास र विश्वसनियता कायम राखेर अगाडि वड्नु जरुरत भएको बताउनु भयो ।
सुदूर पश्चिम प्रदेश बाट निर्वाचित सबै प्रतिनिधि तथा प्रदेश सभाका सभासद्हरूलाई बधाई दिँदै अध्यक्ष नेपालले जनअपेक्षित काम गरी जनजनमा पुग्नु निर्देशन दिनुभयो ।

