
नेपालअखबार, काठमाडौं । आज विश्वभर राजनितिक समाचारकाे रूपमा बोत्स्वानाका पूर्व राष्ट्रपतिलाई पक्राउ पुर्जी जारीकाे चर्चाकाे रहेकाे छ । राजनिति र पहुँचकाे भन्दा माथि कानुन काेहि हुन सक्दैन । तर पनि हाम्राे देशमा राजिनितकाे आडमा कानुन भन्दा माथि नेता भएकाछन् भन्दा फरक नपर्ला ? निति नियमकाे कुरा गर्नेले नै नितिकाे खिल्लि उडाउछ भन्ने यथार्थ वर्तमान राजनितिले पुष्टि गर्दै छ ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै उपप्रधान तथा गृहमन्त्रीकाे रवि लामिछानेको नागरिकता र राहदानी विवादित छानबिन गर्न सक्ला ? उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादित रहेकाले सांसदको सपथ लिन रोकिपाउँ भन्दै परेको रिटमाथि अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतले पुस २२ गते सुनुवाइ गर्ने भएको छ। गत बुधबार संवैधानिक इजलासले कारण देखाउ आदेश मात्र दिएको थियो।
त्यो दिन अन्तरिम आदेश नभएपछि लामिछानेलाई शपथ लिन बाटो खुलेको थियो। उक्त इजलासले कारण देखाउ आदेशसँगै अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाउने निर्णय पनि गरेको थियो। सर्वोच्चले उक्त आदेशअनुसार यो विषयमा अन्तरिम आदेश दिने कि नदिने बहस गर्न पुस २२ गतेलाई पेशी तोकेको हो। लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन माग गर्दै रविराज बसौला लगायतले रिट दायर गरेका थिए। लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ। यस्तै अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको आरोप छ। लामिछानेले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका छन्।
उनले अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता त्यागेको देखिन्न। विदेशी नागरिकता लिनेबित्तिकै नेपाली नागरिकता कायम रहन्न। विदेशी नागरिकता लिने भएपछि आफैंले नागरिकता त्याग्नुपर्छ। तर उनले निष्क्रिय भइसकेको नागरिकताका आधारमा २०१५ मै नेपाली पासपोर्ट लिएको देखिन्छ।
लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए। यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो। आयोगले स्पष्टीकरण सोध्दासम्म मतदान भइसकेको थियो। त्यसपछि उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो। उक्त उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको थियो। प्रशासनले जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएपछि अनुसन्धान थालेको थियो।
विदेशी नागरिकता त्याग्नुभन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ। कसैले झुटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ। राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ।
यदी लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। नेपाल प्रहरीले नागरिकता र पासपोर्ट दुरूपयोग गरेको विषयमा अनुसन्धान गरिरहेका व्यक्ति नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामाछाने उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि उनको नागरिकता प्रकरणको अनुसन्धान के गर्ने भन्ने अन्योल सिर्जना भएको बेला आफूमातहतका निकायलाई अनुसन्धान गर्न खुला छाडिदिए पनि अनुसन्धान हुनेमा शंका उत्पन्न भएको छ । उनले आफैंमाथि अनुसन्धान गर्न प्रहरीलाई छुट दिएको भन्दै सञ्चारमाध्यममा भने पनि आफू पदमा रहँदा त्यसको छानविनमा पर्ने असर र प्रभावबारे भने उनी मौन छन् ।
बोत्स्वानाका पूर्व राष्ट्रपतिलाई पक्राउ पुर्जी जारी
बोत्स्वानाको एक अदालतले पूर्वराष्ट्रपति इयान खामालाई अवैध हतियार राखेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । उनीमाथि सम्पत्ति शुद्धीकरण र चोरीको सम्पत्ति ह्यान्डल गरेको आरोपसहित १४ वटा मुद्दा चलिरहेको छ । जारी गरिएको पक्राउपूर्जी पाँचवटा अवैध हतियारको लागि मात्र हो । उनीमाथि गुप्तचर र प्रहरी सेवाका पूर्व प्रमुखहरूसँग संयुक्त रूपमा आरोप लगाइएको छ ।

