Wednesday, July 15

हरि चुमानलाई गण्डकी संसदीय दलको नेता बनाउने माओवादीको निर्णय

नेपालअखबार, पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको नेता हरिबहादुर चुमानलाई बनाउने निर्णय गरेको छ ।

Advertisement

शनिबार र आइतबार बिहान बसेको माओवादी प्रदेश कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीको सल्लाहमा चुमानलाई सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो ।

Advertisement
Advertisement

‘पार्टीले मात्र निर्णय गरेको हो, यद्यपि दलको बैठक बसेर औपचारिक निर्णय गर्न बाँकी छ,’ प्रदेश कमिटी इन्चार्ज हितराज पाण्डेले भने, ‘आजै संसदीय दलको बैठक छ, त्यहाँ चुमानलाई सर्वसम्मत गराउन प्रस्ताव जाने हो ।’

Advertisement

चुमान यसअघि पनि संसदीय दलको नेता थिए । एमाले–माओवादी मिलेर बनेको नेकपाका तर्फबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । अघिल्लो निर्वाचनमा गण्डकीमा १२ सिट जितेको माओवादीले अहिले जम्मा ८ सिट जितेको छ । तर, सरकार बनाउन माओवादी गण्डकीमा पनि निर्णायक शक्ति हो ।